कैलाश सिरोहिया अस्वस्थ, काव्या अस्पताल भर्ना

जनकपुर । नागरिकतासम्बन्धी कसुरमा प्रहरी हिरासतमा पुगेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् । उच्च रक्तचापका कारण सिरोहिया अस्पताल भर्ना भएका हुन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले अहिले सिरोहिया काव्या अस्पतालमा उपचाररतमा रहेको जानकारी दिए ।

गत मंगलबार काठमाडौंमा पक्राउ गरी रातारात जनकपुर पुर्‍याइएका सिरोहिया दुई दिनदेखि अस्वस्थ रहेको बताइएको छ । शुक्रबार उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि जनकपुरस्थित प्रादेशिक अस्पताल गरिएको थियो । प्रादेशिक अस्पतालमा न्युरोलोजी लगायतको परीक्षण सुविधा नभएकाले काव्या अस्पतालमा सिरोहियालाई सारिएको बताइएको छ । सिरोहिया भर्ना भएको काव्या अस्पताल सुविधायुक्त मानिन्छ । सहज बसाइकै लागि उनी उक्त अस्पतालमा भर्ना भएको स्रोत बताउँछन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×