नेपाललाई उपाधिका लागि १४८ रनको लक्ष्य, दयानन्द मण्डलले लियो ६ विकेट

काठमाडौं, मंसिर १५ – एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपालले युएईसँगको फाइनलमा १४८ रनको लक्ष्य पाएको छ।

युएईको अजमानस्थित करवान मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको युएईलाई नेपालले ४५.५ ओभरमा अल आउट गर्दै १४७ रनमा रोक्यो। युएईका लागि अहमद खुदादादले सर्वाधिक ७१ रन बनाए। उनले १२६ बलमा ६ चौका प्रहार गरे। नूरउल्लाह अयोबीले ४७ बल खेल्दै २ चौका र २ छक्काको मद्दतले २६ रन जोडे भने आयान मिसबानले ११ रन बनाए।

नेपालका लागि दयानन्द मण्डलले ६ विकेट लिए। अप्रजित पौडेलले २ तथा नितेशकुमार पटेल र अशोक धामीले एक/एक विकेट लिए। कप्तान यायिन राई भने शून्यमा आउट भए।

नेपालले अब १४८ रनको लक्ष्य पूरा गर्दै उपाधि जित्ने प्रयास गर्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×