बैतडीमा एक पुरुष मृत फेला

बैतडी - बैतडीमा एक पुरुष मृत फेला परेका छन्। शुक्रबार  सुर्नया गाउँपालिका वडा नं ७ पत्थरकोटका ३७ वर्षीय रघुबिर कुवँर सोही वडाको घङराड भन्ने स्थानमा मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका सुचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार कुवँरको शव पोष्टमाटमको लागि स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ।

बिहीबार घरबाट किनमेलका लागि नजिकैको चौथाली बजार जान्छु भनेर घरबाट हिँडेका उनलाई आज स्थानीयहरूले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनाबारे थप अनुसन्धान इरहेको प्रहरीले जनाएको छ। 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×