तनहुँमा बुवाको निधनमा छोरी बसिन् किरियामा

तनहुँ - छोरीले किरिया बस्नुहुन्न भन्ने सामाजिक कुरीति अझै पनि छ। तनहुँको म्याग्दे गाउँपालिका–३ किलचोकस्थित मुस्कान श्रेष्ठ र खुसी श्रेष्ठले आफ्ना बुवा पदमकुमार श्रेष्ठको निधनमा किरिया बसेकी हुन्। यही साउन ११ गते पदमकुमारको निधन भएपछि उनीहरू किरियामा बसेकी हुन्।

सामाजिक परम्पराअनुसार छोरा किरिया बस्ने प्रचलन भएता पनि मृतकका छोरा २० महिनाको मात्र रहेकाले छोरीहरू नै किरियामा बसेको मुस्कानले बताइन्। “समाज रूपान्तरणमा छोरा र छोरी दुवैको समान भूमिका हुन्छ, बुवाको किरियामा हाम्रो पनि भूमिका रहन्छ”, उनले भनिन्। घरको अभिभावक बितेपछि अब कसरी जीवन बिताउने भन्ने समस्या थपिएको श्रीमती सुजिता श्रेष्ठले बताइन्।

यसैबीच मृतकका परिवारलाई समवेदना व्यक्त गर्न पुगेका सांसद केदार सिग्देल, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले छोरीहरूको साहसले समाज रूपान्तरणमा महत्त्वपूर्ण सन्देश दिएको बताए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×