भूकम्पका घाइतेहरूको उद्धार तथा पुर्नस्थापना कार्यमा जुट्न महासंघको आह्वान 

काठमाडौं - जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नम्बर १ रामिडाँडालाई केन्द्रविन्दु बनाएर गएको विनाशकारी भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुम लगायतका जिल्लामा भएको ठूलो मानवीय एवं भौतिक क्षतिबाट आफू स्तब्ध एवं मर्माहत भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । महासंघले विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

महासंघका महासचिव रोशन दाहालले शनिवार विज्ञप्ति जारी गर्दै भूकम्पमा परेका सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारको भरपर्दो व्यवस्था मिलाउन नेपाल सरकार लगायतका सम्बन्धित् सबै निकायको ध्यानाकर्षण गराएका छन् । प्राकृतिक विपत्तिको यस अत्यन्त दु:खद घडीमा समग्र मुलुक नै एक भएर घाइतेहरूको उद्धारमा जुट्न आवश्यक भएको भन्दै महासंघले भूकम्प प्रभावित क्षेत्र र त्यस आसपासमा रहेका निर्माण स्थलका निर्माण कम्पनीहरूलाई यन्त्र उपकरण सहित तत्काल उद्धार तथा पुर्नस्थापना कार्यमा जुट्न आह्वान गरेको छ । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×