शौचालयमा लडेर एक महिलाको मृत्यु

काठमाडौँ - काठमाडौँको बौद्धमा शौचालयमा लडेर एक महिलाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–४ उत्तरबाहिनीस्थित राजेन्द्र श्रेष्ठको जग्गा भाडामा लिएर टहरा बनाइ बसेका रामेछाप उमाकुण्ड गाउँपालिका–५ घर भएकी ४९ वर्षीय सुशीला खड्काको शौचालयमा लडेर गएराति मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले शौचालय जाने क्रममा बेहोस अवस्थामा रहेकी खड्कालाई उनकी बहिनी वर्षा सुनुवारले फेला पारेर अस्पताल ल्याउँदै गरेको अवस्थामा मृत्यु भएको हो । शौचालयमा लडेर गम्भीर घाइते खड्कालाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×