काठमाडौँ । बझाङ जयपृथ्वी नगरपालिका–७ ज्वाडाका ४७ वर्षीय पिरु भण्डारीको कुटपिटबाट मृत्यु भएको छ।
सोही वडाका दीपेन्द्र थापाले कुलीबाँध घाटमा आगो तापिरहेका बेला एकआपसमा भनाभन हुँदा भण्डारीलाई बल्दै गरेको अगुल्टोले हान्दै कुटपिट गरेको जनाइएको छ। घाइते भण्डारीलाई शनिबार राति उपचारका लागि जिल्ला अस्पताल ल्याइएको र उपचारका क्रममा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
थापालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए।