गोल वर्षा गर्दै सिटीलाई तीन अंकको अग्रता

काठमाडौँ - इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले न्युक्यासलमाथि फराकिलो जित निकालेको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा सिटीले न्युक्यासलमाथि ५-० को फराकिलो जित निकालेको हो।

सिटीको जितमा रहीम स्ट्रलिङले दोहोरो गोल गर्दा ऐमेरिक लापोर्टे, रोड्री र फिल फोडेनले समान एक गोल गरेका थिए।

खेलको १९ औं मिनेटमै स्ट्रलिङको गोलमा सिटीले अग्रता बनाएको थियो। त्यस्तै ३८ औं मिनेटमा लापोर्टेले गोल थप्दा पहिलो हाफमा घरेलु टोलीले दुई गोलको अग्रता बनाउन सफल भएको हो। दोस्रो हाफमा रोड्रिले अर्को गोल थपे। उनले खेलको ६१ औं मिनेटमा गोल गर्दा फोडेनले ९० औं मिनेटमा गोल गरेका थिए। खेलको इन्ज्युरी समयमा स्ट्रलिङले ब्यक्तिगत दोस्रो गोल गर्दा सिटीले ५-० को फराकिलो जित निकाल्न सफल भएको हो।

जितसँगै सिटीले ८६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रहेको लिभरपुलले टोटेनहम हट्सपरसँग बराबरी खेल्दा ८३ अंक जोडेर दोस्रो स्थानमा समेटिएको छ। न्युक्यासल भने ४३ अंक जोडेर १३ औं स्थानमा छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×