सिनेमा हलमा दर्शकको खडेरी

काठमाडौँ - लामो समयदेखि सुनसान नेपाली चलचित्र उद्योग गत तिहार ताका भरिभराउ देखिए। बलिउड चलचित्र ‘सूर्यबंशी’ले नेपाली दर्शकलाई हलसम्म मात्रै तानेन आफ्ना फिल्म चलाउन हिम्मत नगर्ने नेपाली निर्माता निर्देशकलाई आँट पनि दियो। त्यसपछि कोरोनाका कारण थन्किएर बसेका फिल्म धमाधम हलमा प्रदर्शन हुन थाले।

तर ठूला भनिएका ब्यानरका फिल्मले उल्लेख्य मात्रामा दर्शकलाई हलसम्म तान्न सकेनन्। चलचित्र ‘म यस्तो गीत गाउँछु २’ र ‘ए मेरो हजुर ४’ले भने उद्योग तताउने काम गर्यो। 

झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर ४’पछि सिनेमा हलमा दर्शकको खडेरी नै लागेको छ। यो चलचित्रपछि हलमा ‘मन्त्र’ , ‘लक्का जवान’ र ‘षट्कोण’ रिलिज भए। ‘लक्का जवान’ले औषतमा थोरै दर्शक पाए पनि अन्य दुई चलचित्रले दर्शक पाउन सकेनन्। 

हास्य कलाकारको ठूलो भिडसहित हलमा लागेको ‘लक्का जवान’ले हलमा दर्शक तान्ने, बक्स अफिसमा राम्रो कलेक्सन गर्ने अपेक्षा गरिएको थियो। तर, दर्शकले कतिपनि पत्याएनन्। गत फागुन १३ मा ‘म यस्तो गीत गाउँछु २’पछि ‘लप्पन छप्पन २’ , ‘चिसो एष्ट्रे’, ‘हेल्लो जिन्दगी’ लगायतका फिल्म प्रदर्शनमा आएका थिए। तर दर्शकले फिल्म हलमा लागेको, हलबाट बाहिरिएको समेत पत्तो पाएनन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×