ओमिक्रोन क्रमशः ओरालो लाग्दै, संक्रमणदर झर्‍यो २२ प्रतिशतमा

काठमाडौँ- कोरोना भाइरसको तेस्रो लहर चाँडै सकिने विज्ञहरूको अनुमान छ। संक्रमित हेरिरहेका चिकित्सकहरूले केही दिनयता ‘रिल्याक्स’ महसुस हुन थालेको बताएका छन्। तेस्रो लहर १६ पुसबाट सुरु भएको थियो। एक महिना पुगेपछि ओमिक्रोन क्रमशः ओरालो लाग्ने क्रममा छ। 

शुक्रबार ११ हजार ७३ नमुना परीक्षण गर्दा दुई हजार पाँच सय २६ जनामा संक्रमण देखिएको छ। तर, मृत्यु हुनेको संख्या भने केही बढेको छ। पछिल्लो २४ घन्टामा १६ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार शुक्रबार २२ प्रतिशतमा पजिटिभ देखिएको छ। 

दैनिक ५० प्रतिशत संक्रमणदर पुगेको ओमिक्रोन पछिल्लो समय निरन्तर ओरालो लागिरहेको छ। टेकु अस्पतालका आइसियू चिकित्सक डा. दिपेश पौडेलले ओमिक्रोनबाट दीर्घरोगीहरू बढी प्रभावित भएकाले मृत्यु हुनेको संख्या केही बढेको बताए। ‘युवाहरूमा समस्या बनाएको हामीले पाएका छैनौँ,’ उनले भने, ‘ओमिक्रोनका एक्टिभ संक्रमित मात्रै ५६ हजारभन्दा बढी छन्। त्यसैले मृत्युको संख्या थोरै बढेको हो।’
नयाँपत्रिकाबाट

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×