भारत। बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खानले सामाजिक सञ्जालमा केहि तस्विर शेयर गरेकी छिन्, जसमा उनले रातो रंगको साडी लगाएकी छिन्। सुहानालाई रातो साडीमा देखेर उनका प्रशंसक मात्र नभएर उनकी आमा गौरी खानले समेत उनको प्रशंसा गरेकी छिन्।
सुहाना खान बलिउडका चर्चित कलाकारका छोराछोरी मध्ये एक हुन्, जो अक्सर सामाजिक सञ्जालमा आफ्ना साथीहरुसँगक तस्विरहरु पोस्ट गर्ने गर्छिन्। हालै उनले पोस्ट गरेको साडी लगाएको तस्विरमा उनी निकै सुन्दर देखिएकी छिन्।