राणा दग्गुबतीले हटाए इन्स्टाग्रामका सबै पोस्ट

काठमाडौँ - ‘बाहुबली’ फेम्ड अभिनेता राणा दग्गुबतीले अचानक आफ्नो इन्स्टाग्रामबाट अधिकांश पोस्ट डिलिट गरेका छन्।

उनले इन्स्टाग्राम अकाउन्ट यथावत् नै राखेका छन्। तर, ६ वटा स्टोरीका फोटो र भिडियोबाहेक सबै पोस्ट डिलिट गरेका छन्। बाँकी फोटो र भिडियोमा उनको व्यावसायिक जीवनका विषय समावेश छ।

हालै श्रीमती मिहिका बजाजसँग दोस्रो वैवाहिक उत्सव मनाएको क्षणलाई सेयर गरेका उनले एकाएक पोस्टहरू डिलिट गरेका हुन्। यद्यपि, उनले यसको संकेत केही दिनअघि नै दिएका थिए।

अभिनेता दग्गुबतीले केही दिनअघि नै सामाजिक सञ्जालबाट ‘ब्रेक’ लिने बताएका थिए। अगस्ट ५ मा ट्विट गर्दै उनले सामाजिक सजालबाट टाढा हुने घोषणा गरेका थिए। 'काम भइरहेको छ। अहिलेका लागि सामाजिक सञ्जालबाट केही दूरी बनाउँदै छु। चलचित्रमा भेटौँला। सबैमा धेरै माया।'

उनको इन्टाग्राममा ४.७ मिलियन (४७ लाख) फलोअर्स र ३७० फलोइङ रहेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×