तिहारको तयारी, अब भेटायोको जिम्मेवारी

काठमाडौं - काठमाडौंमा घरेलु सेवा प्रदायक कम्पनी भेटायो एपले यस तिहारमा उत्सव मनाउनका लागि “तिहारको तयारी, अब भेटायोको जिम्मेवारी” भन्ने योजना ल्याएको छ ।

यस अन्तर्गत भेटायोले एउटा घर चार हजार पाँच सय रुपैंयाँमा झिलिमिली उज्यालो गर्न र बत्तीको जडान तथा वितरण निःशुल्क प्रदान गर्ने अवसर ल्याएको छ । यसको बुकिङ मिति पहिले नै खुलाइएको छ भने यो सुविधा केही दिनकोलागि मात्र रहने छ । 

साथै सफाई, पेन्टिङ र लुगा धुने काम, किट नियन्त्रणमा समेत बिशेष छुटको व्यवस्था गरेको कम्पनीले जानकारी दिएको छ । यस दिपावलीका लागि भटायोले तपाईको झन्झटलाई मुक्त गर्न विभिन्न सरल सेवाहरु पनि ल्याएको छ, कम्पनीले भनेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×