तीज गीत 'लगाउने हो फन्को' सार्वजनिक

काठमाडौँ - तीज पर्वको परम्परा, संवेग र मनोरञ्जनको त्रिकोणात्मक कथामा आधारित गीत 'लगाउने हो फन्को' सार्वजनिक भएको छ।

भिडियो शुक्रबार सोना अमात्य युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

गम्भीर विष्टको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा सोना अमात्य, शालिनी विष्ट भट्टराई, सम्झना भट्टराई, पूर्णिमा बानियाँ, सब्बु राना बमलगायत कलाकारको अभिनय रहेको छ।

चन्द्रमणि भट्टराईको शब्द, डेनी निरौलाको संगीत र सोना अमात्यको स्वरमा रहेको गीतलाई पारिवारिक परिवेश र सामाजिक कथामा खिचिएको छ। गीतको संगीत संयोजन योगेश काजीले र मिक्सिङ् पवन विश्वकर्माले गरेका हुन्। 

भिडियोमा सुबोल थापाको सह निर्देशन रहेको छ। यसलाई नवराज उप्रेतीले खिचेका हुन् भने नविन निरौलाले सम्पादन गरेका हुन्। 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×