भारत। बलिउड अभिनेता अमिताभ बच्चनले रणबीर कपूर र आलिया भट्टसँग आफ्नो आउँदै गरेको चलचित्रको पहिलो झलक सार्वजनिक गरेका छन्। अमिताभले भोलि चलचित्रको मोसन पोस्टर सार्वजनिक हुने जानकारी पनि दिएका छन्। चलचित्रको निर्देशन अयान मुखर्जीले गरेका छन्। चलचित्रका निर्माता करण जौहर र रणबीर कपूर रहेका छन्। २५ डिसेम्बर २०२२मा प्रदर्शनमा आउने भनिएको चलचित्रमा डिम्पल कपाडिया, मौनी रोय र नागार्जुन अक्किनेनीलाई पनि देख्न सकिनेछ।