आमा बन्न लागेकी हुन् कट्रीना?

काठमाडाैँ - बलिउड अभिनेत्री कट्रीना कैफ आमा बन्न लागेको चर्चा छ। केही दिन अगाडि उनी कुर्था सुरुवाल लगाएर मुम्बई एयरपोर्टमा पुगेकी थिइन्। उक्त तस्बिर बाहिरिएसँगै कट्रीना गर्भवती भएको चर्चा चलेको हो।

केही भारतीय सञ्चार माध्यमले उनी दुई महिनादेखि गर्भवती भएको दाबी समेत गरेका छन्। भारतीय सञ्चार माध्यमसँग कुराकानी गर्दै कट्रीनाको पिआर टोलीले उनी गर्भवती नभएको खुलासा गरेका छन्।

‘यस्तो समाचार कहाँबाट आउँछ, थाहा छैन। अहिले कट्रीना आफ्नो फिल्मी करियरमा ध्यान दिइरहेकी छन्,’ कट्रीनाको पिआर टोलीले भने। कट्रीना र अभिनेता विक्की कौशलले ६ महिना अगाडि विवाह गरेका थिए। तर गर्भवतीबारे कट्रीना र विक्की दुवैले केही बताएका छैनन्। उनीहरु यतिबेला न्यूयोर्कमा छन्।

कट्रीना सलमान खानको फिल्म ‘टाइगर ३’ को छायांकनमा व्यस्त छिन्। त्यस्तै विक्की कौशल फिल्म ‘सैम बहादुर’, ‘गोविन्दा नाम मेरा’ र ‘द इमोर्टल अश्वाथामा’ मा देखिनेछन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×