गाउँका सुन्तला बिक्रीबाट शहरमा घडेरी

काठमाडौँ । पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले यस वर्ष करिब रु. पाँच करोडका सुन्तला बिक्री गरेका छन् । अनुकूल मौसमका कारण किसानले यस वर्ष सुन्तला बिक्रीबाट राम्रो आम्दानी लिन पाएका हुन्। 

व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका दुई सयभन्दा बढी परिवारले सुन्तला बिक्रीबाट गाउँमा रु पाँच करोड भित्र्याएको स्थानीय बजार मारे सुन्तला उत्पादन सहकारी संस्था बाँसखर्कका अध्यक्ष जगतबहादुर खत्रीले जानकारी दिए। उक्त गाउँमा गत वर्ष रु तीन करोड भित्रिएको थियो। “बोटबाटै प्रतिकिलो १३० देखि १५० रुपैयाँसम्ममा बिक्री गर्दै आएका छौँ,” उनले भने, “पोखरा, मुग्लिन र नारायणगढ लगायतका बजारबाट व्यववसायी आएर सुन्तला खरिद गरे। माग पूरा गर्नै सकिएको छैन। ढिलो गरी पाक्ने र स्वादिलो हुने भएकाले यहाँको सुन्तलाको माग बढी हुने गरेको छ।” 

बाँसखर्कमा अन्य खाद्यान्न र फलफूल उत्पादन हुँदैन। किसानले धान, कोदो र मकैभन्दा सुन्तला खेतीले फाइदा हुने भएपछि सुन्तलालाई मुख्य आम्दानीका रूपमा लिँदै आएका छन्। न्यूनतम रु. पाँच लाखभन्दा थोरै कमाउने कुनै घरै छैनन्,” अध्यक्ष खत्रीले भने, “बढीमा रु. १९ लाखसम्म आम्दानी गर्ने परिवारसमेत छन्।” उनले यस वर्ष झन्डै रु १३ लाख आम्दानी गरेको सुनाए। उनका अनुसार गाउँमा सबैभन्दा बढी भक्तबहादुर पाइजाले सुन्ता बिक्री गरेका छन्। उनले यस वर्ष झन्डै रु १६ लाख आम्दानी हुने बताए।

सुन्तलाको कमाईले बजारमा घरघडेरी नजोडेका निकै कम छन्। उनका अनुसार घरको आँगनसमेत सुन्तलाका बोटले ढाकिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×