कांग्रेसको घोषणा पत्र सार्वजनिक कार्यक्रम स्थगित

काठमाडौँ - नेपाली कांग्रेसले घोषणा पत्र सार्वजनिक कार्यक्रम स्थगित गरेको छ। आज विहान १० बजे पार्टी कार्यालय सानेपामा घोषणा पत्र सार्वजनिक गर्न जनाएको थियो।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले अर्को सूचना नहुञ्जेलसम्मका लागि सङ्कल्प पत्र सार्वजनिक कार्यक्रम स्थगन गरिएको बताए। कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाबाट आइतबार नै सार्वजनिक गरिने भनिएको थियो।

गठबन्धनको प्रदेशव्यापी चुनावी अभियानका क्रममा आइतबार धनगढी र सुर्खेतको कार्यक्रममा व्यस्त भएपछि सङ्कल्प पत्र सार्वजनिक कार्यक्रम आजलाई सारिएको थियो। कांग्रेसले अब ११ गते मात्र सङ्कल्प पत्र सार्वजनिक कार्यक्रम गर्ने बुझिएको छ। महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा कांग्रेसले घोषणापत्र तयार पारेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×