काठमाडौँ - नेपाली राष्ट्रिय महिला भलिबल टोलीका स्पाइकर उषा भण्डारी र कामना विष्टले माल्दिभ्सको भलिबल लिग खेल्ने भएका छन्। दुबै खेलाडी प्रतियोगिताका लागि मंगलबार माले प्रस्थान गरेका छन्। मालेमा हुने प्रतियोगिता मे १९ देखि ३१ सम्म हुनेछ। नेपाल पुलिस क्लबकी उषा र कामनाले फरक फरक क्लबबाट खेल्ने छन्।
उषाले माल्दिभ्स नेशनल डिफेन्स फोर्सबाट खेल्ने छिन्। यस्तै कामनाले माल्दिभ्स सर्भिस क्लबबाट खेल्ने छिन्। दुबै खेलाडीले पहिलो पटक लिग खेल्न लागेका हुन्।