एमालेको केन्द्रीय कमिटीमा ५० प्रतिशत नयाँ अनुहार आउने !

काठमाडाैं । नेकपा एमालेको विधानले १५ पदाधिकारीसहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेको छ । नवौं महाधिवेशनबाट नेकपा एमालेमा १ सय ६७ सहित त्यसपछि ३ चरणको मनोनयनमा ८९ जना सदस्य थपिएका थिए ।

एमालेमा विद्रोह गर्दै माधव नेपालले भदौ ९ मा एकीकृत समाजवादी गठन गरेपछि ५८ जना केन्द्रीय सदस्य नेपाल नेतृत्वको पार्टीमै गएका छन् । यस्तै, विद्यादेवी भण्डारी राष्ट्रपति, गणेश तिमिल्सिना राष्ट्रिय सभा अध्यक्ष, सानुकुमार श्रेष्ठ बाग्मती प्रदेश सभामुख भएकाले एमालेमा उनीहरूको पद रिक्त छ ।

यसअघिका उपाध्यक्ष वामदेव गौतमले राजीनामा दिएको र नवौं महाधिवेशनबाट यता आइसक्दा रवीन्द्र अधिकारी (कास्की)सहित ५ नेताको मृत्यु भएकाले उनीहरूको पनि पद खाली छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार अहिले एमालेमा १ सय ९६ जना केन्द्रीय कमिटी सदस्य छन् । अहिलेकै अवस्थामा महाधिवेशनबाट २९ नयाँ अनुहार केन्द्रीय कमिटीमा आउनेछन् ।

तामाङले केन्द्रीय कमिटीमा ५० प्रतिशतसम्म नयाँ अनुहार आउने बताउँदै भने, ‘१ सय ९६ मा सबै साथीहरू दोहोरिनुहुन्छ भन्ने छैन । पराजित हुन सक्नुहुन्छ । त्यसैले अहिलेको अनुमानअनुसार ५० प्रतिशतसम्म नयाँ अनुहार आउँछन् होला ।’

३३ प्रतिशत महिला सदस्य सुनिश्चित गर्ने बताएको एमालेले २ सय २५ मध्ये ७० बढी केन्द्रीय सदस्य महिलालाई स्थान दिनुपर्नेछ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×