भारत। दक्षिण भारतीय अभिनेता अल्लू अर्जुन र अभिनेत्री रश्मिका मंदानाको बहुप्रतिक्षित चलचित्र 'पुष्पा' अहिले सिनेमाघरहरुमा प्रदर्शन भइरहेको छ। अब निर्माण पक्षले विवादबाट बच्न प्रशंसकहरुको माग अनुसार अल्लू-रश्मिकाको केहि बोल्ड सीन चलचित्रबाट हटाएको छ। चलचित्रको एक सिनमा अल्लूले रश्मिकाको छाती छोएको देखिएको छ। प्रशंसकहरुले उक्त कुरामा आपत्ति जनाउदै विरोधमा गरेका थिए। त्यसपछी निर्माण पक्षले उक्त सिन चलचित्रबाट हटाएको छ।