विशेष प्रदर्शनीमा रुचाइयो ‘गोर्खाः बिनिथ द ब्रेभरी’

काठमाडौँ - गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको फिल्म ‘गोर्खा: बिनिथ द ब्रेभरी’ को काठमाडौंमा विशेष शो सम्पन्न भएको छ।

विशेष प्रदर्शनीमा कुलवीर थापाका छोराहरु, बुहारीहरु तथा नातीहरुसहित परिवार उपस्थित थिए। शोमा सहभागिता जनाउन बेलायतदेखि कलाकारहरु समिर गुरुङ, गौमाया गुरुङ तथा स्टुअर्ट वाल्कर नेपाल आएका थिए।

भदौ २४ गते प्रदर्शनमा आउने यो फिल्ममा थापाले जर्मनसँगको युद्धमा बहादुरीका साथ घाईते सैनिक उद्धार गरेको कथा प्रस्तुत गरिएको छ। सन् १९१५, २५ सेप्टेम्बरमा ब्रिटिश सेनाहरूले लुस, फ्रान्समा ठूलो आक्रमण गरेका थिए। उक्त युद्धमा दोस्रो बटालियन, थर्ड क्वीनअलेक्जान्ड्राको आफ्नै गोर्खा राइफल्सका २६ वर्षीय राइफलम्यान कुलवीर थापा गम्भीर घाइते बनेका थिए।

तर, उनी बाँच्न सफल भए। घाइते भएको भोलीपल्टै अर्थात् २६ सेप्टेम्बरदेखि थापा पीडितहरुको उद्दारमा खटिए। यही घटनापछि उनलाई गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त भयो। उनै कुलवीर थापाको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ।

विशेष शोमा उपस्थित निर्देशक प्रदीप शाहीले आफ्नो कथा आफैंले भन्ने कोशिस गरेको बताए। जोखिम मोलेर विश्व शान्तिको लागि लड्ने पुर्खाहरुलाई श्रद्दाञ्जली दिन फिल्म निर्माण गरेको उनले बताए। साथै, थापाको जन्मस्थान सहित अन्य तथ्यहरु दस्तावेजहरुमा गलत उल्लेख रहेको बताउँदै चलचित्र निर्माणको शिलशिलामा त्यस्ता दस्तावेजहरुमा समेत सहि तथ्य राख्ने प्रयास गरेको उनले बताए।

यो फिल्ममा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय छ। फिल्मको कथा निर्देशक शाही आफैंले लेखेका हुन्। लामो समयदेखि बेलायतमा बसेर फिल्म बनाउँदै आएका उनले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितिसकेका छन्। शाई प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा विनोद सुवेदी खत्री कार्यकारी निर्माताको रुपमा छन् भने निर्मातामा मधु गुरुङ र प्रयास गुरुङ छन्।

यो फिल्ममा निक्को प्रताप गुरुङ र अमृत गुरुङको छायांकन, विश्व शाहीको संगीत, रुपेश गुरुङको सम्पादन, अश्रुती पटेलको कला निर्देशन, बेलेन सिलोगुल्लरको कलर, एरमान जम्बकको भिएफएक्स र रबिन श्रेष्ठको साउन्ड ट्रयाक रहेको छ।

नेपाल प्रदर्शनभन्दा अगाडि फिल्मको यूके, अमेरिका, ब्रुनाई, सिंगापुर र अष्ट्रेलियामा स्क्रिनिङ भएको थियो। नेपालमा यस चलचित्रलाई आरआर फिल्मस् (रोहित-रत्न) ले वितरण गर्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×