काठमाडौँ - नेदरल्यान्डविरुद्धको पहिलो एकदिवसीय खेलमा पाहुना टोली पाकिस्तान १६ रनले विजयी भएको छ। योसँगै ३ खेलको शृंखलामा पाकिस्तानले १० को अग्रता बनाएको छ। मंगलबार राति पाहुना टोली पाकिस्तानले दिएको ३१५ रनको लक्ष्य नेदरल्यान्डले ५० ओभरमा ८ विकेट गुमाएर २९८ रन बनायो।
नेदरल्यान्डका स्कट एडवार्डले सर्वाधिक ७१ रन बनाएका थिए। यस्तै,बिक्रमजित सिंह र टम कपुरले समान ६५ रनको योगदान गरे। पाकिस्तानका हरिस राउफ तथा नसिम शाहले समान ३ विकेट लिएका थिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर ३१४ रन बनाएको थियो। यसका फकर जमानले सर्वाधिक १०९ रन बनाएका थिए।
यस्तै, कप्तान बाबर अजामले ७४ रन र सादाव खानले अविजित ४८ को योगदान गरेका थिए। नेदरल्यान्डका लोगान भान विक तथा बास डि लिडीले समान २ विकेट लिएका थिए।