त्रिभुवन आर्मी महिला बास्केटबलको फाइनलमा

काठमाडौँ - त्रिभुवन आर्मी क्लबले मंगलबार नवौँ राष्ट्रिय खेलकुदमा महिला बास्केटलको फाइनलमा स्थान बनाएको छ। तनहुँको दमौलीमा जारी प्रतियोगितामा आर्मीले महिला ‘थ्री अन थ्री’ बास्केटबलमा गण्डकी प्रदेशलाई हराउँदै फाइनलमा स्थान बनाएको हो।

निर्धारित समय गण्डकी र आर्मीले समान ६ अंक जोडेका थिए। त्यसपछि थप गरिएको समयमा आर्मीले ८-६ को अग्रता लिँदै फाइनलमा स्थान बनाएको हो। आर्मीले लिग चरणमा दुवै खेल जितेर सेमिफाइनलको यात्रा तय गरेको थियो। गण्डकीले १ खेल जितेको थियो भने अर्को खेल हारेको थियो।

आर्मीले अब उपाधिका लागि एपीएफ र वाग्मती प्रदेशबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×