आज मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा, राष्ट्र बैंकले बोलायो बोर्ड बैठक

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्ने भएको छ। गत असार २७ गते सार्वजनिक गरिएको मौद्रिक नीतिको प्रगतिबारे मूल्यांकन गर्नका लागि बैंक सञ्चालक समिति (बोर्ड) को बैठक आजका लागि बोलाइएको सहायक सूचना अधिकारी डा. सञ्जय मिश्रले जानकारी दिएका छन्।

समितिको बैठकबाट पारित भएलगत्तै समीक्षा प्रतिवेदन आजै सार्वजनिक गरिने कार्यक्रम रहेको छ। प्रचलित व्यवस्थाअनुसार प्रत्येक त्रैमास सकिएको ४५ दिनभित्र मौद्रिक नीतिको समीक्षा अनिवार्य रूपमा गर्ने व्यवस्था छ।

समीक्षामा ब्याजदर, तरलता, ऋण प्रवाह, विदेशी मुद्राको स्थिति तथा समग्र वित्तीय क्षेत्रको स्थिरतासँग सम्बन्धित सूचकहरूको विश्लेषण हुने अपेक्षा गरिएको छ। पहिलो त्रैमासमा आर्थिक गतिविधि कस्तो रह्यो भन्ने विषयमा पनि समीक्षा केन्द्रित हुने बताइएको छ।

राष्ट्र बैंकको आजको निर्णयले आगामी महिनाहरूका मौद्रिक संचालन, बैंकहरूको नीति तथा कर्जा बजारमा प्रत्यक्ष प्रभाव पार्ने विश्वास गरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×