अमेरिकामा पनि मनाइयो भाइटिका

काठमाडौँ - नेपालीहरु नेपालमा मात्र नभइ विश्वका विभिन्न राज्यमा बसोबास गर्छन्। उनीहरुलाई आफ्नो संस्कृति परम्पराहरु मनाउन पाउँदा निकै खुसी लाग्छ। यस्तै हिजो पर्न गएको भाइटिका पनि उनीहरुले धुमधामसँग मनाएका छन्। विशेषगरि अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्दै आएका नेपालीहरुले यस पर्वलाई अन्यन्त श्रद्धाका साथ मनाएका छन्। नेपालकै समय अनुसार ११:३७ बजे अमेरिकाका विभिन्न शहर तथा राज्यहरुमा भाइटीका लगाइएको छ।

चाडपर्व मध्ये कै यम पञ्चक अर्थात् तिहारको पाँचौँ दिनको भाइटीका विहीबार अमेरिकामा हर्षोल्लास साथ मनाइएको हो। बिहीबार कामको दिन भाइटीका परेकोले समय मिलाउन सक्ने नेपालीले बिदा लिएरै मनाएका छन्। बिदा नमिल्नेलहरुले कामबाट फर्केपछि भाइटीका मनाएका छन्।

नेपाली समुदायले चाडपर्वलाई नेपालमा जस्तै गरि काग तिहारदेखि भाइटीकासम्म ५ दिन झिलिमिली बनाएका थिए।

दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइ दिएका छन्। अमेरिकामा सेलरोटी, खसीको मासु, आलुको अचार र नेपाली परिकारका खानाहरु आफ्ना दाजुभाइलाई दिदीबहिनीहरुले खुवाएका छन्।

दाजु भाइले पनि दिदी बहिनीलाई बन्द खाम भित्र पैसा तथा अन्य चिजहरू दिएका छन। अमेरिकामा जन्मिएका दोश्रो पुस्ताका बालबालिकाहरु रमाउँदै मनाएका छन्। पुरुषहरु अधिकांशले दौरा सुरुवाल, नेपाली पोसाकको साथै आफ्ना सन्तानहरुलाई पनि नेपाली पोशाक लगाई दिएका छन्।

टीका दिनभर लगाउन कुनै बाधा नरहेकोले समय अनुकुल पारेर कामबाट आएर साँझदेखि रातिसम्म भाइटीका लगाएका छन्। अमेरिकामा विभिन्न राज्य तथा शहरहरूको समय फरक भएकोले स्थानीय समय अनुसार नेपाली समुदायले भाइटीका मनाएका छन्। अमेरिकाका विभिन्न राज्यहरुमा देउसी भैलो कार्यक्रमहरु गरिएका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×