काठमाडौं - क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दाको सुनुवाइ शुक्रबार पनि हुँदैछ । काठमाडौं जिल्ला अदालतमा मुद्दा बिहीबार बहस भएर सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो।
न्यायाधीश शिशिरराज ढकालको इजलासमा जारी सुनुवाइमा प्रतिवादीको तर्फबाट बयान नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो। आइतबार अन्तिम सुनुवाइ शुरू भएको मुद्दामा प्रतिवादीको बहस नसकिएको र जवाफी बहससमेत बाँकी नै रहेको अवस्थामा शुक्रबार सुनुवाइ हुनेछ।
सर्वोच्च अदालतले गत १५ फागुनमा नै यो मुद्दाको चाँडो फैसला गर्न आदेश दिएको थियो। पटक(पटक पेशी तोकिए पनि मुद्दाको किनारा लाग्न सकेको छैन ।
लामिछानेविरुद्ध एक नाबालिगले गत भदौमा जबरजस्ती करणीको मुद्दा हालेकी थिइन्।