कृषकलाई बैंकिङ सेवामा सहज पहुँच गर्न माग

काठमाडौँ - नेपाल व्यावसायिक बाख्रापालन महासङ्घले किसान क्रेडिट कार्डको व्यवस्था गरी न्यूनतम मापदण्डका आधारमा कृषकलाई बैंकिङ सेवामा सहज पहुँचको सुनिश्चितता गर्नुपर्ने माग गरेको छ। 

महासङ्घले यहाँ आज पत्रकार सम्मेलन गरी कृषि तथा पशुपक्षी पालन उद्यमस्थलमा आवश्यकताअनुसार विद्युत् तत्काल उपलब्ध गराउनुपर्ने, बाख्रालाई खोरेत र पिपीआर पूर्ण खोपको सुनिश्चितता गरिनुपर्ने, कृषि श्रमिकको अभिलेखीकरण, तालिम, सामाजिक सुरक्षा, प्रोत्साहनभक्ता, दुर्घटना बीमा र सञ्चयकोषको व्यवस्था गरिनुपर्ने माग गरेको हो। 

महासङ्घले बाख्रापालक किसानलाई राज्यले बेवास्ता गरेको भन्दै आगामी आवको नीति तथा कार्यक्रम र बजेटमा आफूहरूले अघि सारेका मागलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ। महासङ्घका केन्द्रीय अध्यक्ष प्रेमसागर पौडेलले नेपालमा कृषि क्षेत्रको विकास हुन नसक्नुको कारण कृषिलाई बुझ्ने चिन्तनमा समस्या भएको बताए। 

महासङ्घका केन्द्रीय कोषाध्यक्ष दीपक गौतमले किसानले गरेको दुःखका साथै उत्पादन गरेको वस्तुको मूल्य नपाउनु दुःखद् भएको टिप्पणी गरे। उनका अनुसार किसानले लागत मूल्यको ३० प्रतिशत मात्र पाएका छन्। विचौलियाले होटलमा ल्याएर एक केजी मासुको प्लेटिङ गरेर पाँच हजार बनाउने गरेको उनको भनाइ छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×