काठमाडौँ - काठमाडौँमा जारी छैटौं संस्करणको महिला साफ च्यामपियनसिपको उपाधिको लागि आज आयोजक नेपाल र बंगलादेश भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुकी ५ बजेबाछ शूरु हुनेछ।
आज हुने खेलमा दुवै टोली जीत निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन्। आइतबार भएको प्रि-म्याच कन्फ्रेन्समा बोल्दै दुवै टोलीका मुख्य प्रशिक्षक र कप्तानले उपाधि जीत्ने दाबी गरेका थिए। यसअघिपनि फाइनल खेलेपनि दुवै टोलीले उपाधि जीत्न सकेका छैनन्। यसअघिका पाँचै संस्करण जितेको भारत सेमिफाइनलबाटै घर फर्किएसँगै साफले नयाँ च्याम्पियन पाउने पक्का भएको हो।
नेपाल घरेलु दर्शकमाझ पहिलोपटक साफको उपाधि जित्ने लक्ष्यमा रहेको छ। यसअघि ४ पटक फाइनल खेलपनि भारतसँग पराजीत हुँदै उपविजेतामा चित्त बुझाउँदै आएको नेपाल यसपटक कुनै गल्ती गर्न चाहदैन।
नेपाल आज घरेलु मैदानमा महिला फूटबलको ३६ वर्षीय इतिहासमा पहिलो उपाधि उचाल्न चाहन्छ। यसअघि विराटनगरमा भएको पाँचौ संस्करणमापनि नेपाल भारतसँग फाइनलमा पराजित हुँदै उपाधिबाट टाढा बनेको थियो। त्यसैले नेपाल साफको फाइनलमा यसअघि भोगेका तिता हारलाई बिर्सिंदै पहिलोपटक उपाधि उचाल्न चाहन्छ।