आइतबारदेखि खुल्दै गोकर्णेश्वर नगरपालिकाका विद्यालय

काठमाडौं - गोकर्णेश्वर नगरपालिकाले भौतिक रूपमा विद्यालय सञ्चालनको अनुमति दिएको छ।

नगरपालिकाभित्रका सामुदायिक एवं संस्थागत विद्यालयका शिक्षक, अभिभावक र पेशागत संस्थाका पदाधिकारीको बैठकले विद्यालय सञ्चालनका लागि नगरपालिकामा सिफारिस गरेको थियो। उक्त सिफारिसलाई अनुमोदन गर्दै नगरपालिकाले विद्यालय सञ्चालनको अनुमति दिएको हो। नगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाएर आइतबारदेखि विद्यालय सञ्चालन  गर्न दिने निर्णय गरेको शिक्षा, युवा तथा खेलकुद शाखाले जानकारी दिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×