गुरु ट्राभल्स लिमिटेडको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं - नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरु ट्राभल्स लिमिटेडको दोस्रो वार्षिक साधारणसभा काठमाडौंको कान्तिपथस्थित होटेल येल्लो पेगोडामा सम्पन्न भएको छ । यही मंसिर ३० गते शनिबारका दिन कम्पनीका सञ्चालक समितिका अध्यक्ष विज्ञान राज शर्माको अध्यक्षतामा बार्षिक साधारण सभा सम्पन्न भएको हो । 

दीप प्रज्वलन गर उद्घाटन गरिएको कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष शर्माले स्वागत मन्तव्य राखेका थिए । साथै सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत नवराज धरेलले संस्थाको वार्षिक तथा वित्तीय प्रतिवेदन पेश गरेका थिए । छलफलमा भाग लिई मन्तव्य राख्ने शेयरधनीहरुमा लक्ष्मी गुरुंग, गोविन्द प्रसाद शर्मा, शम्भु प्रसाद उप्रेती, लीला प्रसाद ढकाल रहेका थिए । 

शेयर प्रमाणपत्र समेत वितरित गरिएको सो कार्यक्रममा संस्थाका सञ्चालक तथा प्रमुख सञ्चालन अधिकृत अनिल धरेलले धन्यवाद ज्ञापन गरेका थिए । कम्पनी सचिव केशव कुमार दाहालले कार्यक्रम सञ्चालन गरेका थिए । साधारण सभाले आर्थिक वर्ष २०७९।८० को कम्पनी सञ्चालक समितिको प्रतिवेदन, कम्पनीको आ.व. २०७९। ८० को आषाढ मसान्तको वासलात, आ.व.को नाफानोक्सान खाता लगायतका वित्तीय विवरणहरुलाई स्वीकृत गर्दै आगामी आ.व. २०८०।८१ का लागि श्री एस् ए आर् एसोसिएट्स्लाई लेखापरीक्षक नियुक्त गरेको छ ।

कार्यक्रममा संस्थाको नारा यात्रामा लगानी गरौं अन्तर्गत पर्यटन शिक्षा, यात्रोपहार कार्यक्रम, सिक्दै सिकाउँदै, एक अतिरिक्त यात्रु, भ्रमण साझेदारी कार्यक्रम आदि भावी क्रियाकलापहरुबारे प्रकाश पारियो, साथै यसका लागि सबै सरोकारवालाको ध्यानाकर्षण समेत गराइयो । संस्थाले आगामी आर्थिक वर्षमा संस्थालाई उच्च मुनाफामा लगेर संस्थालाई प्रतिस्पर्धी बजारमा छुट्टै पहिचान कायम गर्ने अठोट व्यक्त गरेको छ । संस्थाको विकास र उन्नयनमा प्रेरित गर्ने आदरणीय शेयरधनीहरुमा आभार व्यक्त गर्दै वहाँहरुबाट निरन्तर साथ र उत्प्रेरणाको अपेक्षा समेत गरिएको कम्पनीले जानकारी दिएको छ ।   

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×