काठमाडौँ - बुन्डेसलिगा महारथि क्लब बायर्न म्युनिखले आइतबार राति एससी फ्रेइबर्गमाथि ५-० को सहज जित निकालेको छ।
घरेलु मैदान एलिएन्ज एरिनामा बायर्नको जितमा सर्जियो जिनाब्री, इरिक माक्सिम, लिरोय साने, साडियो माने र मार्सेल साविट्जरले १-१ गोल गरेका थिए।
जितसँगै बायर्न १० खेबबाट १९ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ। समान खेलबाट २३ अंक जोडेको युनियन बर्लिन शीर्ष स्थानमा रहेको छ। फ्रेइबर्ग १८ अंक सहित तेस्रो स्थानमा रहेको छ।