पाल्पा । कोरोना प्रभावका कारण तानसेन नगरपालिकाले अत्यावश्यक काम बाहेकका सबै सेवा बन्द गरेको छ ।
नगरपालिकाले २३ जना कर्मचारी र जनप्रतिनिधिमा कोरोना पोजेटिभ देखिएपछि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको हो ।
३२ जना कर्मचारी र जनप्रतिनिधिको कोरोना परीक्षण गरिएकोमा २३ जनामा पोजेटिभ रिपोर्ट आएको प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेयले जानकारी दिए ।
कार्यालय सञ्चालन गर्दा थप कर्मचारी, जनप्रतिनिधि र सेवाग्राहीलाई कोरोना संक्रमणकाे जोखिम कम गर्न अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्नुपरेको तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले बताए ।
