कर्तव्य ज्यान मुद्दाका विगत १२ वर्षदेखि फरार प्रतिवादी पक्राउ

संखुवासभा - कर्तव्य ज्यान मुद्दाका विगत १२ वर्षदेखि फरार प्रतिवादी धर्मदेवी नगरपालिका–२ घर भएका २८ वर्षीय बुद्दे भन्ने बुद्दिराज जिमीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

बुद्दिराज जिमी समेतले २०६८ फागुन ३ गते धर्मदेवी नगरपालिका–२ बस्ने रविन जिमीको हत्या गरी फरार रहेका उनलाई प्रहरी चौकी मुढेशनिश्चरेबाट खटिएको प्रहरीले सोही नगरपालिका–२ तामाफोकबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कानुनी कारबाहीको लागि संखुवासभा जिल्ला अदालतमा पेश गरिएको छ । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×