काठमाडौँ - चलचित्र ‘प्रेमगन्ज’ले ज्यादाभन्दा ज्यादा दर्शकमाथि पुग्ने भन्दै टिजरलाई कपीराइट फ्रि गर्ने निर्णय गरेको छ। भोलि सार्वजनिक हुने टिजरलाई जोकोहीले पनि आफ्नो माध्यममा राख्न सक्नेछन्। निर्देशक परिच्छेद सेनले फिल्मको टिजर युट्युब, फेसबुक, टिकटक इन्स्टामा निर्धक्क राख्न सकिने जानकारी गराएका छन्।
निर्देशक सेनले यसरी राखिएको टिजरमा सर्वाधिक दर्शक ल्याउने तीनै प्लेटफर्मका विजेतालाई पुरस्कारको पनि घोषणा गरिएको जानकारी गराएका छन्। तीन प्लेटफर्ममा तीन विजेताले क्रमशः २५ हजार, १५ हजार र १० हजार पुरस्कार प्राप्त गर्नेछन्।