पृथक हिमाल ओली [गजल]

घाँटी अठ्याउछ तिम्रो विचार अब त,
छोडिदेउ हतियारको कारोबार अब त।

दु:खको कुरा बिज्ञानले नदी सुकायो,
खुसीको कुरा एक भए दुई किनार अब त।

उधारो खाने पसल जम्मै बन्द छन्,
औकात बुझ्न थालेछ बजार अब त।

भाग्य,सिसा जस्तै हुन्छ भन्नेहरू छन्,
एक ढुङ्गा हानेर हेरौंन निधार अब त।

जिन्दगी जितेकाहरू जम्मै मरि गए,
बिस्तारै मरौंला हामी के हतार अब त?

घाउहरू अदृश्य छन् डाक्टर साहेब,
बन्द गर्नुस् मल्हमको ब्यापार अब त।

तिमी भन्दै दौडेको थेँ म मरि सकेछु,
मलामीको काँधले बोक्छ भार अब त।

( गजलकार पृथक हिमाल ओली बाँसगढी नगरपालिका वडा नम्बर-१ बर्दियाका हुन्।)

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×