एजेन्सी - रुसले युक्रेनमा गरेको आक्रमणको पहिलो पाँच दिन भित्रै कम्तिमा २२७ जना सर्वसाधारणको मृत्यु भएको संयुक्र राष्ट्रसंघले जनाएको छ।
रुसले एक हप्ताअघि युक्रेनमा पूर्ण आधारको आक्रमण थालेको हो। फेब्रुअरी २४ मा सुरु भएको आक्रमणको पहिलो पाँच दिनमै २२७ जना सर्वसाधारण मारिएको तथा अरु ५२५ जना घाइते भएको संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोगले जनाएको छ।
गोलबारी, मिसाइलसहितका ठूलो क्षेत्रमा असर पर्ने बिस्फोटक पदार्थका कारण सर्वसाधारण मारिएको जेनेभामा रहेको मानवअधिकार उच्चायोगले जारी गरेको वक्तव्यमा उल्लेख छ। रुसी आक्रमणका कारण मारिने सर्वसाधारणको वास्तविक संख्या आफूहरुले पुष्टि गरेको भन्दा धेरै हुन सक्ने संयुक्त राष्ट्रसंघले जनाएको छ।