पर्वत - कुश्मा नगरपालिका–१० समादी बस्ने ६९ वर्षीय लाल बहादुर नेपालीको आगोले जलेर शुक्रबार मृत्यु भएको छ ।
आफ्नै भान्सा कोठामा अगेनाको छेउमा रहेको खाटमा सुतेका उनी खाटबाट खसेर अगेनामा परी जलेर मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।