‘जीवन परिवर्तनमा सहकारीको भूमिका महत्वपूर्ण’

बुटवल - लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले किसानलाई सहुलियतमा ऋणको व्यवस्था गर्नुपर्ने बताएका छन्। घोराहीमा त्रिसङ्गम बहुउद्देश्यीय सहकारी संस्थाको आज उद्घाटन गर्दै उनले वास्तविक किसानले सरकारी अनुदान नपाएको भन्दै सहुलियतमा ऋणको व्यवस्था गर्नुपर्नेमा जोड दिए।  

सभामुख घर्तीले किसानको उत्पादनशीलतालाई बजारीकरण गर्दै आर्थिकरुपमा आत्मनिर्भर बनाउन आवश्यक भएको बताए। जीवन परिवर्तनमा सहकारीले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उहाँले पछिल्लो समय यसतर्फ आकर्षण बढेको उल्लेख गरे। 

जिल्ला सहकारी सङ्घका अध्यक्ष गोविन्दप्रसाद शर्माले जिल्लामा सहकारीको सङ्ख्या ६२१ पुगेको जानकारी दिए। कार्यक्रममा जिल्ला  उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष रमेश कार्की, सहकारीका अध्यक्ष प्रेमकुमारी पुन मगर, घोराही उपमहानगरपालिकाका सहकारी रोजगार प्रवद्र्धन शाखा प्रमुख होमलाल भुसाललगायतले आ–आफ्नो धारणा राखेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×