सहमहामन्त्री मतगणना : पिछडिएको क्षेत्रमा पाण्डे र शाहीबीच टक्कर

काठमाडौँ । नेपाली कांग्रेसको सहमहामन्त्रीको जारी मतगणनामा पिछडिएको क्षेत्रमा बद्री पाण्डेले अग्रता कायम राखेका छन्। 

आज शुक्रबार पार्टी कार्यालय सानेपामा जारी मतगणनामा शेखर कोइराला प्यानलका पाण्डेले अग्रता कायम राखेका हुन्। २७७९ मत गणना हुँदा पाण्डेले १३७१ मत पाएका छन्। त्यस्तै, कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले १३२६ मत पाएका छन् भने चेतराज बरालले ५८ मत पाएका छन्। 

मधेसीतर्फजम्मा २०२५ मत गणना हुँदा महेन्द्र यादवले १००६, रामकृष्ण यादवले ७३६ र रञ्जित कर्णले २५८ मत प्राप्त गरेका छन्। मुस्लिमतर्फ १९०० मत गणना हुँदा फर मुल्लाह मन्सुरले १०२९ र शेख वकील - ८२९ मत प्राप्त गरेका छन् भने थारुतर्फ ३०५५ मत गणना हुँदा उमाकान्त चौधरीले १६७७ र तेजुलाल चौधरीले १३३५ मत प्राप्त गरेका हुन्।

यसअघि बिहीबार तीनवटा क्लस्टरको मतगणना भएको थियो जहाँ दुईवटा क्लस्टरमा देउवापक्ष र एउटामा कोइराला पक्ष विजयी भएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×