काठमाडौँ - साउथ सुपरस्टार नागार्जुन अक्किनेनीले केही समयका लागि फिल्मबाट ब्रेक’ लिने भएका छन्। उनले बिग बोस तेलुगु सिजन ६ को सुटिङका लागि फिल्मबाट ब्रेक लिन लागेका हुन्।
नागार्जुन अयान मुखर्जीको फिल्म ‘ब्रह्मास्त्र’मार्फत बलिउडमा कमव्याक गर्दै छन्। यो बिचमा उनी कुनै पनि नयाँ प्रोजेक्टमा देखिने छैनन्। उनले यो अवधिमा कुनै पनि नयाँ फिल्मसँग सम्झौता नगर्ने योजना बनाएका छन्।
बिग बोस आगामी सेप्टेम्बर ४ बाट सुरु हुँदैछ। त्यसका लागि निर्माताले तयारी सुरु गरिसकेका छन्।
नागार्जुन चौथो पटक बिग बोस तेलुगु होस्ट गर्दै छन्। उनी सन् २०१९ देखि यो शोमा देखिँदै आएका छन्। उनले बिग बोसको ओटीटी भर्सनको पहिलो सिजनको होस्ट गरेका थिए।