काठमाडौँ - दुई पटकको च्याम्पियन उरुग्वेले फिफा विश्वकप २०२२ का लागि २६ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ।
अनुभवी फरवार्डद्वय लुइस सुआरेज र एडिन्सन काभानीसँगै युवा खेलाडी डार्विन न्युनेजले टोलीको आक्रमण बलियो देखिएको छ। मिडफिल्डमा रोड्रीगो बेन्टानकुर र फेडे भालभेर्डे छन् भने चोटबाट पुनरागमन गर्न संघर्षरत डिफेन्डर रोनाल्ड अरौजो पनि टोलीमा फर्केका छन्।
प्रशिक्षक डिएगो अलोन्सोको आगमनयता उरुग्वेले लय समातेको छ। डिसेम्बरयता टोलीले छनोटमा लगातार ४ जित दर्ता गर्दै विश्वकपमा स्थान पक्का गरेको थियो। सन् २०१० मा सेमिफाइनलमा पुगेको उरुग्वे यसपटक त्यसलाई सुधार्ने लक्ष्यमा हुनेछ।
उरुग्वेको टोली
गोलरक्षक - सर्जियो रोसे, फर्नान्डो मुस्लेरा, सबास्टियन सोसा
डिफेन्डर - डिएगो गोडीन, जोसे मारिया जिमिनेज, रोनाल्ड अराउजो, सबास्टियन कोआटेस, मार्टिन कासेरेस, माथिअस ओलिभिएरा, गिलेर्मो भारेला, जोसे लुइस रोड्रीग्वेज, माटीयास भिना
मिडफिल्डर - फेडे भालभेर्डे, रोड्रीगो बेन्टान्कुर, माटीआस भेचिनो, लुकास टोरेरा, म्यानुएल उगार्टे, निकोलस डे ला क्रुज, जर्जियन डे आरास्केता, फाकुन्डो पेलिस्त्री, फाकुन्डो टोरेस, अगुस्टिन कनोबियो
फरवार्ड - लुइस सुआरेज, एडिन्सन काभानी, डार्विन न्युनेज, म्याक्सिमिलियन गोमेज