काठमाडौं - सांगीतिक यात्रालाई पुर्याउन माथि, mmg ग्रुप नै हो भरपर्दो साथी भन्ने मुल नारा सहित सन २०१७ मे १ का दिन अनलाईन माध्यमाबाट सञ्चालनमा आएको मेलोडी म्यूजिक ग्रुपले आफ्नो पाँचौ वार्षिक उत्सव भव्यरुपमा मनाएको छ।
राजधानीमा आयोजित सांगीतिक कार्यक्रमसँगै पाचौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा मनाएको वार्षिक उत्सवको टुडे मिडियाका अध्यक्ष राधाकृष्ण कट्वाल ,गायक उदेश श्रेष्ठ र गु्रपका अध्यक्ष प्रयास सुवेदीले संयुक्तरुपमा केक काटेर कार्यक्रमको उद्घाटन गरेका थिए। भक्तपुरको लोकन्थली स्थित जिरे खुर्सानी रेष्टुरेण्टको सभा हलमा आयोजित उक्त कार्यक्रममा विभिन्न सांगीतिक समुहहरुलाई सम्मान पत्र वितरण गरिएको थियो।
त्यसैगरी कार्यक्रममा उदेश श्रेष्ठ, विनोद दनुवार, हरि गोतामे, मनिस ढकाल, पुनम लिम्बु लगायतले गीत गाएका थिए भने सिसम राई र सुजता राईले उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए। वार्षिक उत्सवमा अन्य आधा दर्जन भन्दा धेरै सांगीतिक समुहको पनि सहभागिता रहेको थियो।
एक सय भन्दा बढि देशमा सञ्जाल रहेको मेलोडी म्यूजिक गु्रपले प्रतिभा भएर अवसर नपाउने र आर्थिक रुपमा कमजोर हुने प्रतिभासाली व्यक्तिलाई अवसर दिदै आएको र आगामी दिनमा पनि निरन्तरता दिने ग्रुपमा अध्यक्ष प्रयास सुवेदीले बताए। mmg ग्रुपले एक दर्जनको हाराहारीमा गीत सार्वजनिक गरिसकेको छ भने आफ्नै रेकर्डिङ स्टुडियो पनि सञ्चालनमा ल्याएको छ।