शीतकालीन ओलम्पिक : ५ स्वर्णसहित जर्मनी पदकतालिकाको शीर्षस्थान

काठमाडौँ- कोभिड–१९ को महामारीका बीच चीनमा भइरहेको शीतकालीन ओलम्पिक प्रतियोगितामा अहिलेसम्म भएका खेलमा जर्मनी पदकतालिकाको शीर्षस्थानमा देखिएको छ। अहिलेसम्म जर्मनीले ५ स्वर्ण र ३ रजतसहित ८ पदक जितेको छ।

दोस्रो स्थानमा रहेको नर्वेले ४ स्वर्ण, २ रजत र ४ कास्यपदक जितेको छ। उसले समग्रमा १० पदक जितेको छ। स्वीडेनले ४ स्वर्ण, १ रजत र २ कास्यपदक जितेको छ। आयोजक चीन ३ स्वर्ण र २ रजतसहित ७ पदक जित्दै तालिकाको पाँचौं स्थानमा छ। छैटौं स्थानमा रहेको अमेरिकाले २ स्वर्ण, ५ रजत र १ कास्यसहित ८ पदक हात पारेको छ। 

अहिलेसम्म २४ मुलुकले पदकमा खाता खोलेका छन्। 
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×