महिला अधिकार रक्षा तथा महिला हिंसा अन्त्य गर्ने नेपालको प्रतिबद्धताको प्रशंसा

काठमाडौँ - महिला तथा बालिकाहरूको अधिकारको रक्षा तथा उनीहरूविरुद्धका हिंसा अन्त्य गर्न नेपाल सरकारले व्यक्त गरेको प्रतिबद्धता तथा प्रतिबद्धतालाई कार्यान्वयन गर्ने तत्परताको एक अमेरिकी अभियन्ताले मुक्तकण्ठले प्रशंसा गरेका छन्।

तीन दशकदेखि विश्वका विभिन्न भागमा महिला जागृति, उनीहरूको सशक्तीकरणका लागि अनवरत लडिरहेकी अमेरिकी गैरसरकारी संस्था ‘एभ्री वुमन’की प्रमुख कार्यकारी अधिकृत एवं सह–संस्थापक लिसा शाननले महिलालाई नेपाल र नेपालीले दिएको उच्च सम्मान र उनीहरूको सुरक्षाका निम्ति दर्शाएको सद्भाव र प्रतिबद्धता विश्वमै अनुकरणीय भएको बताएकी हुन्। महिला र बालिकाविरुद्ध हिंसा अन्त्य गर्ने अन्तर्राष्ट्रिय सन्धिको लागि विश्वव्यापी अभियानमा लागेकी लिजाले ‘विश्वमा दक्षिण एसियाको प्रतिध्वनिः महिला र बालिकाविरुद्ध हुने हिंसालाई सम्बोधन गर्न विश्वव्यापी मान्यता’ विषयको  दक्षिण एसियाली क्षेत्रीय सम्मेलनको लागि काठमाडौँ आएका बेला कुराकानीमा दक्षिण एसियाका अन्य देशको तुलनामा नेपालमा महिला अधिकार रक्षाका निम्ति भएका प्रयास सराहनीय रहेको बताइन्। यद्यपि, उनले सन्तुष्ट भएर बस्ने अवस्था भने नरहेको बताएकी छन्। महिला हिंसा घटाउन भइरहेका प्रयासलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उनले हिंसा सम्बोधन गर्न कानुनीरूपमा नै बाध्यकारी प्रावधान हुनुपर्ने बताइन्। एभ्रि वुमन ट्रिटीमा मानवअधिकार, महिला र किशोरविरुद्ध हुने हिंसाका विरूद्ध स्पट र कडा नीति तथा तिनको इमानदारीपूर्वक कार्यान्वयन अपरिहार्य भएको अभिमत उनले व्यक्त गरेकी छन्।

आर्थिक रूपमा महिलालाई आत्मनिर्भर बनाउने तथा स्वास्थ्य, सुरक्षा, न्यायलगायत सबै पेसा व्यवसायलाई जिम्मेवार बनाउनुपर्ने, हिंसा हुन नदिने शिक्षाको विकास गर्नुपर्ने, नियमन निकायलाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिएकी छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×