एजेन्सी । अमेरिकाको न्युयोर्कस्थित एउटा अपार्टमेन्टमा आगो लाग्दा कम्तिमा १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ जना बालबालिका रहेको छ। आगलागीमा दर्जनौं घाईते भएका छन् भने घाईतेहरुको अवस्था गम्भीर रहेको छ।
१९ तले सो भवनको दोस्रो तलाबाट आगो लाग्न सुरु भएको हो। आगलागीमा कम्तिमा ६३ जना घाईते भएका छन् । आगलागीपछि २ सय जना अग्नि नियन्त्रकहरु आगो निभाउन खटिएका थिए ।
आगो लागेपछि भवनभित्र फँसेका मानिसहरु चित्कारले नजिकको वातावरण भयभित भएको थियो । आगलागीको कारण खुलेको छैन् । सर्ट सर्किटका कारण आगो लागेको हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले आगलागीबारे अनुसन्धान गरिरहेको छ।