बीमा रकम हस्तान्तरण   

गोरखा। महासङ्घले गोरखा जिल्लामा डढेलोमा परी ज्यान गुमाएका एक वृद्धाको परिवारलाई बीमाबापतको रकम प्रदान गरेको छ। आरुघाट गाउँपालिका–७ स्थित सातदोबाटो सामुदायिक वन समूहमा लागेको डढेलोमा परी ज्यान गुमाएका मोहनबहादुर फेवाली मगरकी धर्मपत्नी पार्वतीदेवी फेवालीलाई बीमाबापतको रु एक लाख राहत रकम उपलब्ध गराएको हो।

भीषण डढेलोबाट जङ्गलको  बीच भागमा रहेको भैँसीगोठ र परालको टौवा बचाउन खोज्दा ६१ वर्षीय फेवालीको आगोले जलेर गत वैशाख ७ गते राति घटनास्थलमै मृत्यु भएको थियो।

महासङ्घका केन्द्रीय सदस्य नरबहादुर गुरुङ, गोरखाका अध्यक्ष कमलप्रसाद लामिछाने, खारुघाट गाउँपालिका–७ का वडाध्यक्ष रणबहादुर बराम, स्थानीय महासङ्घका अध्यक्ष कृष्ण काप्री लगायतले उक्त रकम बराबरको चेक पीडित पार्वतीदेवी फवालीलाई सामूहिक रुपमा हस्तान्तरण गरेको महासङ्घका कोषाध्यक्ष पार्वती पाठकले जानकारी दिए।  
यसअघि डढेलो नियन्त्रण गर्ने क्रममा मृत्यु भएका गोरखाकै शहीद लखन गाउँपालिका घलेडाँडा रानाखोला सामुदायिक वन समूहका उपभोक्ता पहलमान श्रेष्ठको परिवारलाई पनि बीमाबापतको रु एक लाख हस्तान्तरण गरिएको उनको भनाइ छ।
 
यसअघि डढेलो नियन्त्रण गर्ने क्रममा मृत्यु भएका शहीद लगन गाउँपालिका घलेडाँडा रानाखोला सामुदायिक वन समूहका उपभोक्ता पहलमान श्रेष्ठको परिवारलाई पनि बीमाबापतको रु एक लाख हस्तान्तरण गरिएको थियो।

वन नियमावली २०७८ को मस्यौदा, प्रदेश वन ऐन र संंरक्षित वन क्षेत्र विस्तार, तेहेरो कर र वन पैदावार सदुपयोगमा लगाएको प्रतिबन्ध हटाउन महासङ्घले सरकारसँग माग गरेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×