काठमाडौँ - एएफसी यू-२० एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज शनिबार भुटानको सामना गर्दैछ। बहराइनमा आयोजना हुने प्रतियोगिताका लागि नेपालले भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो।
शेख अलि बिन मोहमद अल खलिफा स्टेडियममा हुने नेपाल र भुटानबीचको खेल राति ८ः४५ बजेबाट सुरु हुनेछ। आजको खेलमा नेपाल भुटानलाई हराउँदै सुखद सुरुवात गर्ने योजनामा रहेको छ। यता भुटान पनि नेपाललाई हराउँदै प्रतियोगितामा आफ्नो बलियो दावेदारी प्रस्तुत गर्ने योजनामा छर
छनोटको समूह ‘बी’ नेपालसँगै भुटान, कतार, बहराइन र बंगालादेश रहेका छन्।
समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन्। नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले टिमको तयारी राम्रो भएकाले आजको खेलमा सहज जित निकाल्दै प्रतियोगितामा आफू बलियो बन्ने बताएका छन्।