पठान’को पोस्टरमा शाहरूखको लुक्स

काठमाडाैँ - अभिनेता शाहरुख खान सन् २०२३ मा तीन फिल्म (पठान, जवान र डंकी) मार्फत्  स्क्रिनमा देखिँदैछन्। 

२०१८ को फिल्म ‘जीरो’ पछि शाहरुख खान सिल्वर स्क्रिनमा कमब्याक गर्न लागेका छन्। शाहरुखको पहिलो फिल्म २५ जनवरी ०२३ मा रिलिज हुँदैछ।

सिद्धार्थ आनन्द निर्देशित 'पठान'मा खानसँगै अभिनेत्री दीपिका पादुकोण र जोन अब्राहम पनि मुख्य भूमिकामा देखिनेछन्। फिल्ममा जोन अब्राहम नकारात्मक भूमिकामा देखिनेछन्।

यशराज फिल्म्सको यो पोस्टरमा धेरै प्रतिक्रिया देखिएका छन्। एक प्रयोगकर्ताले टिप्पणी गरे, ‘भव्य कमब्याकको लागि ठूलो तयारी।’ यो फिल्ममा शाहरुख खान एक जासूसको भूमिकामा देखिनेछन् र फिल्ममा अभिनेता जोन अब्राहमसँग झगडा गर्ने देखिनेछन्।

‘पठान’ पछि शाहरुखको फिल्म ‘जवान’ जुन २ मा रिलिज हुनेछ। फिल्ममा शाहरुख खानसँगै अभिनेत्री नयनतारा मुख्य भूमिकामा छिन्। सन् २०२३ को अन्त्यमा शाहरुखअभिनेत्री तापसी पन्नुसँग फिल्म ‘डांकी’ मा देखिनेछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×