एमसिसी छलफलको ठूलो दिन अर्थमन्त्री शर्मा पर्वतको वाणिज्य संघको साधारण सभामा

काठमाडौँ - प्रतिनिधिसभामा आज बिहीबार हुन गइरहेको एमसिसी सम्झौताबारे छलफलमा अर्थमन्त्री जनार्दन शर्मा भने उपस्थित हुन नसक्ने अनुमान गरिएको छ।

उद्योग वाणिज्य संघ पर्वतको साधारण सभा उद्घाटनका लागि पर्वत पुगेका अर्थमन्त्री शर्माले समयमा आफू राजधानी पुग्न सक्ने सम्भावना न्यून रहेको बताएका हुन्। पर्वतबाट आजै फर्किने कार्यक्रम रहेको भएपनि समयमा आइपुग्ने सम्भावना नदेखिँदा उनले आफू एमसिसीविषयक आजको छलफलमा अनुपस्थित हुनसक्ने जानकारी गराएका हुन्। उनले भनेका छन्, ‘अहिले कार्यक्रम सुरू हुँदैछ। यो कार्यक्रम सकिएपछि हामी सिधै पोखरा गएर काठमाडौँ आउँछौँ,’ उनले भने, ‘संसद बैठकमा सहभागी हुने भन्ने त छ। तर, समय भ्याइन्छ कि भ्याइन्न भन्ने सुनिश्चित छैन।’ अर्थमन्त्री शर्मालका पर्वतको स्काइक्याफेमा रमाइरहेको तस्बिर तथा भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। गत आइतबार प्रतिनिधिसभा बैठकमा एमसिसी टेबल हुँदा पनि अर्थमन्त्री शर्मा उपस्थित थिएनन्। सो दिन बिरामी भएको भन्दै उनी संसदमा अनुपस्थित थिए। 

उनको अनुपस्थितमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले एमसिसी टेबल गरेका थिए। 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×